arrow

अष्ट्रेलियामा जहाज दुर्घटना, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
plane-crash.jpeg
मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भएको हलुका जहाज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेलबर्नको सपिङ सेन्टरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको अष्ट्रेलियाली अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
 
दुर्घटनाको समयमा सपिङ सेन्टर बन्द रहेकाले थप कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
 
भिक्टोरिया प्रहरीले पाँच जना तस्मानियाको किंग आइल्याण्ड जाँदै गर्दा दुर्घटनामा परेको जनाएको छ । 
 
विमान दुर्घटना हुँदा सपिङ सेन्टरमा पनि क्षति पुगेको छ ।
 
दुर्घटना स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजे भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ