arrow

मनाङ लिगको दोस्रो स्थानमा, उपाधि यात्रा बलियो, रविले गरे ह्याट्रिक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
175424048.jpeg

काठमाडौं । मनाङ मस्र्याङदी क्लव रेडबुल राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ । १४औं खेलमा लिगको पुछारमा रहेको मोरङ फुटबल क्लव विराटनगरलाई ७–१ ले हराउँदै मनाङ उपाधि यात्रा बलियो पारेको हो । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउन रवि पासवान ह्याट्रिक गरे ।

आषिश लामाले दुई गोल गर्दा अनिल गुरुङ र सुनिल केसीले एक–एक गोल गरे । जितसंगै मनाङको १४ खेलबाट २८ अंक भएको छ । समान खेलबाट २९ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ । २७ अंकको आर्मी तेस्रो स्थानमा छ ।

उता, सुदूरपश्चिम फुटबल क्लव कैलालीले सशस्त्र प्रहरी बललाई हराउँदै लिग सकाएको छ । सुदूपश्चिमसंग ५–३ ले पराजित भएको सशस्त्रलाई धक्का लागेको छ । पराजित भएसंगै सशस्त्रको उपाधि यात्रा कठिन बनेको छ ।

एन्फा कम्प्लेक्सकै मैदानमा सूदरपश्चिमलाई विजयी गराउन कमल थापा, हेमन्त थापा मगर, विमल घर्तीमगर, जानोम लाल लिगल र सुनिल बलले एक–एक गोल गरे  । सशस्त्रका रन्जनले दुई तथा सुदिपले एक गोल गरे । १६ खेलबाट जम्मा २० अंक बटुल्दै सुदूरपश्चिमले लिग सक्काउँदा सशस्त्र दुई खेल खेल्न बाँकी छँदा २३ अंक जोड्दै पाँचौ स्थानमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ