arrow

पुराना खानेपानी आयोजना मर्मतमामात्रै ९५ करोड बजेट विनियोजन

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
khanepani.jpeg
काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मर्मत सम्भारका लागि रु ९५ करोड ३० लाख बजेट विनियोजन गरेको छ । विभागले ७५ जिल्लाका दुई हजार १७० योजना मर्मतका लागि उक्त रकम विनियोजन गरेको हो । 
 
विभागका उपसचिव अरुणकुमार सिम्खडाले खानेपानी सेवा नियमन तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत पुराना खानेपानी आयोजनालाई मर्मत गर्नका लागि बजेट छुट्याएको जानकारी दिए । 
 
त्यसमध्ये सबैभन्दा धेरै दार्चुलामा २१५ योजना मर्मत सम्भार गर्न लागेको छ भने सबैभन्दा कम मनाङमा तीन योजना मर्मत सम्भार गर्न लागेको छ । 
 
यसका लागि दार्चुलामा रु तीन करोड ५२ लाख र मनाङमा १५ लाख बजेट विनियोजन गरेको विभागले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ