arrow

राप्रपा केन्द्रीय सदस्यहरुको मतदान जारी, मतदान गर्न सकस, नतिजामात्रै छिटो

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
RPP-new-mah.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राजधानीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा केन्द्रीय सदस्यहरुको मतदान प्रक्रिया जारी रहेको छ । मंगलबार बिहान ७ बजेदेखि जारी रहेको मतदान सकिन कम्तीमा १० घण्टा लाग्ने राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरीले जनाएका छन् ।
 
उनले भने, ‘विद्युतीय प्रणालीबाट मतदान भए पनि सदस्यहरु धेरै भएका कारणले प्रक्रिया लामो हुने रहेछ, मतगणना भने छिट्टै हुन्छ ।’
 
पार्टीको विधानअनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत ९८ पदका लागि मतदान भइरहेको हो । 
 
३६३ जना उम्मेदवार भएकाले पनि समय धेरै लाग्नेछ । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।
 
महिलातर्फ ३३ सिट रहेका छन्, जसमा खुल्ला १६ तथा आरक्षणमा १७ छन् ।
 
आरक्षणतर्फ मधेसी समुदायबाट पाँच, आदिवासी जनजाति ६, उत्पीडित दुई, मुसलमान एक, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु समुदायबाट एकजना निर्वाचित हुनेछन् ।
 
पुरुषतर्फ ६५ सिट कायम गरिएको छ, जसमा खुल्ला ४० तथा आरक्षणमा २५ सिट छन् ।
 
आरक्षणतर्फ मधेसी सात, आदिवासी जनजाति ९, उत्पीडित दुई, मुसलमान दुई, कर्णाली र पिछडिएको क्षेत्र दुई, थारु एक र प्रवासबाट दुईजना निर्वाचित हुनेछन् ।
 
महाधिवेशनपछि ४० प्रतिशत मनोनयन गरिने र २७ सदस्यीय पदाधिकारी चयन गरिनेछ ।
 
यसअघि सोमबार भएको अध्यक्षको निर्वाचनमा भने कमल थापा निर्वाचित भएका छन् । थापाले दुई हजार ८०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मत प्राप्त गरे ।
 
कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ