arrow

पति विदेशमा, घरमा पत्नीको रहस्यमय मृत्यु

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
suicide.jpg.png
गौशाला । महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
पति वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकमा रहँदै आएका र नसरीन आफ्ना दुई ससाना छोरासहित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार राति उनको शव उनकै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । 
 
स्थानीय बासिन्दाका अनुसार निम्नवर्गीय परिवारकी नसरीन खुसीपूर्वक सासू, ससुरा र दुई छोरासहित घरमा बसिरहेको बेला अचानक उनको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनको मृत्यु रहस्यमय भन्दै घटनाको अनुसन्धान थालेको छ । 
 
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ