arrow

निर्वाचन आयोगको बैठक बस्दै, आचारसंहिता लगायत महत्वपूर्णविषयमा निर्णय गर्ने

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । निर्वाचन आयोगको बैठक बस्दैछ । मंगलबार आयोगको केन्द्रीय कार्यलय कान्तिपथमा बस्न लागेको बैठकमा राजनीतिक दलहरुमाथि आचार सिंहिता लगायतको महत्वपूर्ण विषयमा निर्णय गर्न लागिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
 
सोमबार राती सरकारले स्थानय तहको निर्वाचन बैशाख ३१ मा गर्ने निर्णय गरेसँगै आयोगले सोको तयारीको लागि बैठक बोलाएको हो । आयोगको प्रस्तावमा नै सरकारले उक्त दिन निर्वाचन घोषणा गर्ने निर्णय गरेको हो । 
 
निर्वाचनको घोषणा भएसँगै राजनीतिक दलहरुमाथि आचारसंहिता लागु गरिने प्रावधान रहन्छ । तर आचारसंहिता आयोगले लगाउने भएकोले आयोगको मंगलबारको बैठकले आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने विषयमा समेत निर्णय गर्ने तयारी भईरहेको आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ