arrow

स्ववियु निर्वाचन मिनि जनमत संग्रह हो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १० मंगलबार
syangja-union-news.jpeg
स्याङ्जा। स्याङ्जाका बहुमुखी क्याम्पसहरु यतीबेला स्ववियु निर्वाचनले तातेको छ। विद्यार्थी संघसंगठनहरु स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई मतदान गर्न प्रचार प्रसारका साथै घरदैलो अभियानमा लागेका छन्। स्ववियु निर्वाचनको सन्दर्भलाई लिएर नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई समितिले भेला सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य भोजराज अर्यालले फागुन १८ गते हुन लागेको स्ववियु निर्वाचन मिनि जनमत संग्रह भएको बताएका छन् । स्ववियु निर्वाचन मिनि जनमत संग्रह हो अर्यालले भने,“यस्तो निर्वाचनमा प्रजातन्त्रका चिन्तक विद्यार्थीहरु एकजुट भएर लाग्नु आवश्यकता छ ।”  मुलुकको राजनीतिको रुपरेखा स्ववियु निर्वाचनले छुट्टाउने भएकाले विद्यार्थी विचलित नभई लोकतन्त्रको बागडोर सम्हाल्ने पार्टी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा मतदान गर्न उनले आग्रह गरे । 
 
मुलुकमा एकछत्र अगुवाई गर्दै आएको नेपाली काँग्रेसले मुलुकलाई संविधान दिन महत्वपूर्ण भुमिका खेलेको अर्यालको भनाई थियो । मुलुक लोकतन्त्रमा बलियो हुदै गएपनि आर्थिक उन्नतीमा विमुख भएको प्रशङ्ग कोट्याउदै वालिङ नगरपालिकाका पुर्व मेयर समेत रहेका अर्यालले अव आर्थिक क्रान्तिका लागि काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए । विद्यार्थीहरुबाटै यसको अगुवाई गर्नुपर्ने परिस्थिति आएकाले स्ववियु निर्वाचनमा सबै एक ढिक्का भएर अगाडी बढ्न सहभागि विद्यार्थीहरुलाई अर्यालले आग्रह गरे । 
 
भेलामा नेपाली काँग्रेस महासमिति सदस्य सरस्वती तिवारी, स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्याल, महाधिवेसन प्रतिनिधि तथा महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारी, पुर्व नेविसंघ केन्द्रिय सदस्य तथा महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, बहुमुखी क्याम्पसका इकाई सभापति सन्जय श्रेष्ठ लगायतका बक्ताहरुले मुलुकलाई लोकतन्त्र प्रति अझै मजबुद बनाउन स्ववियु निर्वाचनमा नेविसंघले जित हात पार्नुपर्ने बताएका थिए । विद्यार्थीको हक हितमा जहिले पनि अडिक भएर लाग्ने नेविसंघ लाग्ने गरेको स्मरण गर्दै वोल्ने बक्ताहरुले विद्यार्थीको सपना साकार पार्ने एक मात्र विद्यार्थीको संगठन नेविसंघ भएको बताए।
 
स्याङ्जामा दुई दर्जन बहुमुखी क्याम्पस भएपनि फागुन १८ गते ८ ओटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुनेछ। अहिले सम्म केही क्याम्पसमा विद्यार्थी उमेदवार चयन भइसकेका छन् भने केही क्याम्पसमा हुन सकेका छैनन्। यता राधादामोदर संस्कृत विद्यापिठ साखरमा भने स्ववियु सभापतिमा सुदिप पाठक निर्विरोध चयन भएको बताइएको छ। आफ्ना भातृसंगठनहरुलाई जिताउन काँग्रेस र एमालेका नेताहरु तिब्र गतिमा लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ