arrow

तात्यो चुनावी माहोल, आयोगले तत्काल माग्यो स्थानीय कर्मचारीको विवरण

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । सोही क्रममा आयोगले मंगलबार नै देशभरका सबै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको विवरण संकलन सुरु गरेको छ । 
 
आयोगले स्थानीय तहको निर्वाचनको लागि कर्मचारी व्यवस्थापन गर्न भन्दै कर्मचारीहरुको विवरण संकलन सुरु गरेको हो । सरकारले मिति घोषणा गर्नुपूर्व कहिले हुने भन्ने यकीन नभएको भएपनि सरकारले मिति घोषणा गरेसँगै तीब्र गतिमा सबै स्थानीय निकायका कर्मचारीको नाम संकलनको काम सुरु गरिएको आयोगले जनाएको छ । हरेक स्थानीय निकायमा इमेल मार्फत् पत्र पठाएर कर्मचारीको विवरण यथाशक्य चाँडो पठाउन आग्रह गरेको हो । 
 
काठमाडौं महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कुँवरले निर्वाचन आयोगले माग गरे बमोजिम आफूहरुले कर्मचारीको विवरण मन्त्रालयमा मंगलबार नै पठाईसकेको जानकारी दिए । उनले मंगलबार विहान इमेल आएको र आफूहरुले पनि इमेल मार्फत् नै कर्मचारी विवरण पठाईएको जानकारी दिए । 
 
उक्त पत्रमा निर्वाचनको लागि खटाउनको लागि भनेर कर्मचारीहरुको विवरण माग गरिएको छ । त्यस्तै, ललितपुर उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख बाबुराजा महर्जनले पनि कर्मचारी विवरण पठाईदिन आग्रह गर्दै आफूलाई आयोगले सम्पर्क गरेको र आफूहरुले पनि विवरण पठाईसकिएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ