arrow

ओलीको मुखबाट प्रचण्डकाे प्रशंसा : चुनाव घोषणा गरेर सरकारले राम्रो काम गर्‌‍याे

मेची–महाकाली अभियानमा कार्यकर्ताको उपस्थिति अनिवार्य

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
oli-voice-lokman-new.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर राम्रो काम गरेको बताएका टन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ‘मेची–महाकाली राष्ट्रिय अभियान’को कार्यालय उद्घाटन गर्दै ओलीले भने, ‘यसमा एमालेको स्वागत छ ।’ यो काम स्रहानीय छ ।

ओलीले आउँदो फागुन २१ बाट सुरु हुने ‘मेची–महाकाली राष्ट्रिय अभियान’लाई अवरोध नगर्न आग्रह गरेका छन् । कसैले अवरोध गरेका खण्डमा एमाले चुप लागेर नबस्ने चेतावनी समेत ओलीले दिएका छन् । फागुन २१ देखि चैत ४ गतेसम्म एमालेले मेची–महाकाली अभियान संचालनको तयारी गरेको छ । अभियानका क्रममा राष्ट्रिय एकताका बारेमा प्रष्ट पार्ने र अभियान कसैकाविरुद्ध नहुने ओलीको मनाई छ ।

‘यो अभियान कसैका विरुद्धमा होइन,’ ओलीले भने, ‘एमालेकाविरुद्ध गलत भ्रम फैलाउनेहरुका विरुद्धमा हो । त्यसैले गलत नियतविरुद्धको अभियान भएकाले सबै राष्ट्रवादी शक्तिहरुलाई यसका पक्षमा उभिन आग्रह गर्दछु ।’ तर,  यसमा कसैले अवरोध तथा भाँजो हाले एमालेले त्यसको दृढतापूर्वक प्रतिवाद गर्ने छ ।

अभियान राजमार्ग केन्द्रित हुने भन्दै त्यसले हिमालदेखि पहाड हुँदै तराईसम्मका जनतालाई जोड्ने पनि विश्वास लिए । ओलीले भने, ‘यो सबैको कार्यक्रम हो । सबै वडा–वडामा अभियान सफल बनाउन लाग्नुहोला । मेरो आग्रह छ ।’ यसैबीच, मेची–महाकाली अभियानको लागि एमालेले नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय परिचालन समिति गठन भएको छ । अभियान झापाबाट २१ गते सुरु भइ चैत ४ गते कञ्चनपुरमा पुगेर सकिनेछ । अभियानका क्रममा आमसभा हुने र जुलुस निस्कने एमालेले जानकारी दिएको छ ।

एमालेले मेची–महाकाली अभियानमा कार्यकर्ताको उपस्थिति अनिवार्य गरेको छ । अध्यक्ष ओलीले पत्रकारमाझ भने, ‘अभियान सुरु हुन १० दिन बाँकी मात्र छ, हरेक नगरदेखि वडा र गाउँस्तरसम्म जो जहाँ छन्, हरेक एमाले कार्यकर्ता सडकमा उत्रिएकै हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ