arrow

नेपालले एसीसी ईमर्जिङ कप क्रिकेट खेल्न नपाउने

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
cricket-nep-nam-11.jpg.jpeg
काठमाडौं।एसीयन क्रिकेट काउन्सील ईमर्जिङ टिम्स कप नेपालले खेल्न नपाउने भएको छ। ऐसीयन क्रिकेट काउन्सील (एसीसी)ले एकदिवसीय अन्तराष्ट्रीय मान्यता पाएका देशहरुले मात्र खेल्न मिल्ने भन्दै नेपाल खेल्न नपाउने भएको हो। 
 
बंगलादेशमा हुने खेलमा अफगानिस्तानको राष्ट्रिय टोली र भारत, पाकिस्तान, श्रीलंका एवं बंगलादेशको २३ बर्ष मुनीका खेलाडीहरु सम्मिलित टोली सहभागी हुनेछन्। बंगलादेश आयोजक रहने खेल १५ देखि २५ मार्चसम्म चल्ने छ। 
 
सुरुवातमा ८ टोली सहभागी हुने भनिएको प्रतियोगितामा हङकङ र युएईले आफ्नो ब्यस्तता देखाउँदै नखेल्ने भएपछि नेपाल सहित ६ टोली खेल्ने निर्णय भएता पनि आज एसीसीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त टोलीले मात्र खेल्न पाउने निर्णय गरेको बंगलादेशको अनलाईन पत्रिका ढाका ट्रिब्युनले समाचार लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ