arrow

प्रधानमन्त्रीभन्दा पहिले चिनियाँ राजदूतले दिईन् देउवालाई शुभकामना

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
चिनिया-राजदुत-यू-होङ.jpeg
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासंग मंगलवार विहान उनकै निवासस्थान बुढानिलकण्ठमा नेपालका लागि चिनिया राजदुत यू होङले शिष्टाचार भेटघाट गरेका छन् ।
 
नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा केन्द्रीत भेटघाटका अवसरमा राजदुत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत लगायतको क्षेत्रमा विकासका लागि सहयोग पुर्‍याउन चीन इच्छुक रहेको धारणा राखेका थिए।
 
उक्त अवसरमा सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूबाट आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावना समेत सम्वोधन हुने विश्वास दिलाएका थिए। साथै, नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना गरेका थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ