arrow

२०५५ साल फाल्गुन ९ पछि जन्मिएकाले भोट हाल्न नपाउने

सरकारले तोकेको समयमा निर्वाचन गराउन आयाेग सक्षम

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg
काठमाडौं । सरकारले निर्वाचनकोे मिति घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगको बैठक बसेको छ । मंगलबार आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दिउँसो बसेको बैठकले फाल्गुन नौ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मात्रै मतदानमा सहभागी हुन पाउने निर्णय गरेको छ ।
 
बैठकले मतदाता नामावली ऐनले तोकेअनुसार निर्वाचनको घोषणाभएको मिति फाल्गुन ९ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गराउने काम बन्द गर्न पनि सम्बन्धित जिल्ला स्थित निर्वाचन कार्यालयहरुलाई निर्देशन दिईएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगको उक्त निर्णय अनुसार २०५५ साल फाल्गुन ९ पछि जन्मिएकाले भोट हाल्न नपाउने भएका छन् । 
 
बैठकले स्थानीय निर्वाचनको मिति घोषणा बारे सरकारले पठाएको पत्रबारे आयोगका आयुक्तहरुलाई जानकारी गराएको छ । शर्माका अनुसार सरकारले तोकेको मितिमा निर्वाचन गराउन आफू सक्षम रहेको बताउँदै तोकिएकै मितिमा निर्वाचन गराउन सबैतर्फबाट तयारी थाल्ने निर्णय पनि बैठकले गरेको छ । 
 
राजनीतिक दल माथिको आचारसंहिता भने सोमबारको बैठकले जारी गर्ने निर्णय गरेको छैन । आचारसंहिताको विषयमा समेत निर्णय गर्ने तयारी भएको भएपनि आचारसंहिता जारी हुन नसकेको आयोगले जनाएको छ । आयोगले सरकारले निर्वाचनसम्बन्धि कानून र स्थानीय निकायको प्रतिवेदन शीघ्रातिशीघ्र उपलब्ध गराईदेवस् भन्ने अपेक्षा पनि बैठकले राखेको आयोगले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ