arrow

माओवादी नेता वर्षमान पुन अस्पताल भर्ना

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
Barsaman-Pun.jpg.jpeg

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । जण्डिस बिग्रिएपछि भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा गएर उपचार गराएका पूर्वअर्थमन्त्री पुनलाई ज्वरो आउने समस्या भएपछि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएको पुन पत्नी एवं सभामुख ओनसरी घर्तीका नीजि सचिव सुरज दुराले जानकारी दिए ।

नेता पुनलाई नर्सिङ केयर र मोनिटरमा राखिएको बताइएको छ । पोहोर माघमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सभामुख ओनसरी घर्तीको अभिभावक बनेर बैंककमा भेट्न गएका थिए भने लामो समय चिकित्सको निगरानीमा बसेका नेता पुन निको भएपछि स्वदेश फर्किएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ