arrow

केन्याविरुद्धको खेल अघि अभ्यासका लागि छनोट १९ जनामा को–को परे ?

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
cricket-nep-nam-11.jpg.jpeg

काठमाडौं । केन्याविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोली छनोट भएको छ । पारस खड्काको कप्तानीमा मंगलबार टोली घोषणा भएको हो । टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, मोहम्मद आरिफ शेख, दिलीप नाथ, मेहबुब आलम, करण केसी, मोहम्मद आसिफ शेख र सागर पुन परेका छन् ।

यसैगरी, भुवन कार्की, शरद भेषावकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामीमगर, विनोद भण्डारी, सुनील धमला र सन्दीप लामिछाने टोलीमा अटाएका छन् । आइसीसी प्रतिनिधि वेंकटपथि राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्काले २४ जनाको बन्द प्रशिक्षणबाट १९ जना खेलाडी छनोट गरेका हुन् । ५ जना बाहिरिएका छन् । बाहिरिनेमा अमित श्रेष्ठ, सुसन भारी, कुशल भुर्तेल विक्रम सोव र दिपेश श्रेष्ठ छन् ।
नेपाल क्रिकेटसंघ निलम्बनमा परेपछि आइसीसीले आफ्नै पक्षत्य निगरानीमा खेलाडी छनोट र प्रतियोगिता खेलाउँदै आएको छ ।

केन्याविरुद्धको खेलअघि नेपालले भारतमा तीन ओटा अभ्यास खेल खेल्ने तय भएको छ । शुक्रबार भारत गएर फर्किएपछि चार वैकल्पिकसहित १८ जनाको टोली सार्वजनिक गरिने मुख्य प्रशिक्षक जगत टमाटाले बताएका छन् । पासर खड्का अस्वस्थ रहेकाले भारत नजाने बताइएको छ । टोलीले एक सातासम्म नोयडामा अभ्यास गर्नेछ । भारतको अभ्यासपछि घोषणा हुने टोलीले फागुन २८ र ३० गते कीर्तिपुर मैदानमै केन्याविरुद्धको विश्व लिग क्रिकेट खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ