arrow

सेनाले सुरक्षाबारे पृतनापतिको समन्वयात्मक बैठक गर्‍याे

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
army.png

काठमाडौँ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सेनाले पृतनापति समन्वयात्मक बैठक गरेको छ । पृतना समन्वयात्मक बैठकमा पृतनापतिले आ–आफनो कमान्ड क्षेत्रभित्रको सुरक्षा अवस्था, चुनौतीलगायत समसामयिक विषयमा मुख्यालयलाई जानकारी गराएका छन् । बैठकमा सम्बन्धित विभागबाट वस्तुस्थितिको विश्लेषण तथा समीक्षा प्रस्तुत भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै, प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातहतका पृतनापतिलाई पेसागत दक्षतालाई थप अभिवृद्धि र बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले सो कुरा बताएका हुन् । नेपाली सेनाको क्षेत्रगत रुपमा पाँच र काठमाडौँ उपत्यकामा एक गरी छ वटा पृतना छ । नेपाली सेनाका उपरथीले पृतनाको नेतृत्व गर्दै आएका छन् । सेनाले प्रत्येक वर्ष समन्वयात्मक बैठक गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ