arrow

निर्वाचनको मिति घोषणाको विरोध

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
masal-news-aa.jpeg

धनुषा । स्थानीय निकायको निर्वाचनको मिति घोषणाविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । संविधान संशोधनबिना स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै जनकपुरका विभिन्न ठाउँमा प्रदर्शन भएको हाे ।

संविधान संशोधन नगरी चुनावको मिति तयको गरेकोमा मधेसी मोर्चा धनुषाले जुलुस प्रदर्शन गर्दै विरोधका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले मधेस मुद्दाको सम्बोधनबिना घोषणा भएको स्थानीय निकायको निर्वाचनको मितिको घोषणाले मधेसमा आन्दोलनको आँधीबेरी सिर्जना हुने बताए ।

संविधान संशोधन मधेसी मोर्चाको माग जायज रहेकाले संविधान संशोधन गरी निर्वाचनमा जानुपर्ने सुझाव मोर्चाको छ । यसैगरी निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले बताए । राजविराजमा पनि प्रदर्शन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ