arrow

चुनावको माहोल बन्दै, नेपालमा चुनाव घोषणा हुँदा चीन खुसी

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
china-flag.jpeg
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थानीय निर्वाचन मिति घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपालमा पर्यटन, कृषि, विद्युत्लगायत क्षेत्रको विकासमा सघाउन चीन तयार रहेको बताएकी छन् ।
 
राजदूत होङले बूढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको शिष्टाचार भेटमा निर्वाचन मिति घोषणामा चीनको प्रसन्नता व्यक्त गरेकी हुन् । 
 
भेट नेपाल–चीन आपसी सहयोग र सद्भावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा केन्द्रित थियो ।
 
भेटमा देउवाले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण पक्ष भएकाले स्थानीय निर्वाचन गरिनु अपरिहार्य रहेको र संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुने र यसले तराईकेन्द्रित दलको भावनासमेत सम्बोधन हुने विश्वास चिनियाँ राजदूतलाई दिलाए ।
 
देउवाले नेपालको विकासमा छिमेकी मुलुक चीनको ठूलो सहयोग आवश्यक रहेको धारणा राजदूत होङसमक्ष व्यक्त गरेका थिए ।
 
 ‘नेपालको विकासमा चीन र चिनियाँ जनताबाट प्राप्त निरन्तर सहयोग र सदभावको सभापति देउवाले हार्दिक सराहना गर्नुभएको थियो’, नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ