arrow

राप्रपा केन्द्रीय सदस्यको मतगणना सम्पन्न, सेलिब्रिटी सबै विजयी

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
rekha-komal.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सेलिब्रिटीमय भएको छ । कमल थापाको नेतृत्वमा एकता महाधिवेशनबाट निर्वाचित टिममा सेलिब्रिटीहरुले सहज जित हासिल गरेका छन् । 
 
केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मंगलबार राति सम्पन्न मतगणना अनुसार नायिका रेखा थापा, गायिकाहरु मीरा राणा, कोमल वली, कुन्ती शाही लगायत निर्वाचित भएका छन् । 
 
कलाकारहरुले यसरी पाएको सम्मानले पार्टी संस्कृति र सामाजिक बन्दै गएको प्रमाणित भएकोसमेत तर्क दिन थालेका छन् । 
 
त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र राजाराम गर्तौलालगायत निर्वाचित भएका छन् । 
 
गत फागुन ६ गतेदेखि सुरु भएको अधिवेशनलाई बुधबार दिउँसो औपचारिक कार्यक्रम गरी समापन गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ