arrow

जोली एलएलबी–२ पनि सय करोड क्लवमा, अहिलेसम्म कति चलचित्र ?

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
JoLLy-LLB-2.jpeg
मुम्बई । एक्सन मास्टर अक्षय कुमार अभिनित बलिउड चलचित्र जोली एलएलबी–२ पनि सय करोड क्लवमा प्रवेश गरेको छ । गत फेबु्रअरी १० तारिखमा रिलिज भएको जोली एलएलबी–२ ले १२ दिनको प्रयासमा सय करोड क्लवमा पाइला टेकेको हो ।
 
बलिउडमा अहिलेसम्म ५३ चलचित्रले सय करोड बढी कमाइ गरेको कीर्तिमान रचेका छन् । सन् २०१७ मा मात्र तीन चलचित्र सय करोड क्लवमा उपस्थित भइसकेका छन् ।
 
यो वर्ष शाहरुख खानको रइस र ऋतिक रोशनको काबिलले सय करोड क्लवमा नाम लेखाए । अहिलेसम्म सर्वाधिक कमाइ गर्ने बलिउड चलचित्र भने आमिर खानको दंगल बनेको छ ।
 
तीन दिनमै सय करोड क्लवमा छिरेको दंगलले तीन अर्ब ८७ करोड बढी भारतीय रुपैयाँ कमाइ गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ