arrow

दक्षिण अफ्रिका बिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड बिजयी

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
NZ_SA.jpeg
क्राईस्टचर्च। दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड दोस्रो एकदिवसीय क्रिकेटमा ६ रनले बिजयी भएको छ। पाँच खेलको श्रृखंला दुवै टोलीले १-१ खेल जित्दै १-१को स्थितीमा रहेको छ। 
 
टस हारेर पहिले ब्याटीङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ४ विेकट गुामउँदै २८९ रन बनाएको थियो। न्युजिल्याण्डकालागि रस टेलरले १०२ रन बनाएका थिए भने कप्तान केन विलियम्सनले ६९ रनको योगदान गरेका थिए। त्यसैगरि जेम्स निशामले ५७ बलमा ७१रनको पारी खेलेका थिए। 
 
अफ्रिकाकालागि ड्वाईन प्रेटोरिअसले २ विकेट लिएका थिए भने वायन पार्नेल र ईमरान ताहिरले १-१ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदै २८३ रन मात्र बनाउन सक्यो। उसकालागि क्विण्टन डि'ककले ५७ रन बनाएाक थिए भने ड्वाईन प्रेटोरिअसले ५० रनको योगदान दिएका थिए। 
 
न्युजिल्याण्डकालागि ट्रेण्ड बोल्टले ३ विकेट लिएका थिए भने मिचेल सान्टरले २ विकेट हात पारेका थिए। खेलका प्लेयर अफ म्याच रस टेलर घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ