arrow

नयाँ शक्तिको प्रस्ताव : चुनावका लागि सर्वपक्षीय सरकार, तीनै तहको निर्वाचन एकै पटक

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
baburam-bhattarai.jpg.jpeg

काठमाडौँ । नयाँ शक्ति पार्टीले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न प्रस्ताव गरेको छ । पार्टी संयोजक बाबुराम भट्टराईले वुधबार प्रेस विज्ञप्ति जारी गरी भौगोलिक अखण्डताको संरक्षण गरी राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

भट्टराईले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिदैं समय र खर्चको मितव्ययिता अपनाउन सङ्घ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटी सम्पन्न गर्न समेत माग गरेका छन् ।

यस्तै, नयाँ शक्तिले चुनावको लागि आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ । जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमाङ्कनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न समेत नयाँ शक्तिले सरकारको ध्यानाकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ