arrow

मोरङमा १४ हजार बढी मतदाता थपिए

वयरवन गाविसमा सबैभन्दा बढी ६०७

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
morang j.jpg.jpeg

विराटनगर । मोरङमा चौंध हजार बढी मतदाता थपिएका छन् । ५० गाविस र ८ नगरपालिकाको १५५ इकाइबाट १४ हजार ३७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

मोरङको वयरवन गाविसमा सबैभन्दा बढी ६०७ जना नयाँ मतदाता र उर्लाबारी नगरपालिका– ७ मा एकजना पनि नयाँ मतदाता नथपिएको सो कार्यालयले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनका लागि १५५ इकाइ अर्थात् वडामा टोली खटिएका थिए ।

मतदाता सङ्कलन गत सोमबारदेखि बन्द भइसकेको र अब फागुन १७ गतेदेखि २० गतेसम्म नाम सच्चयाउन, दाबी विरोध गर्नका लागि मतदाताको नामावली क्षेत्रीय कार्यालय, विराटनगरमा सार्वजनिक गरिने र २१ गते अन्तिम नामावली सार्वजनिक गर्ने सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ