arrow

एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच कुटाकुट

माेर्चाका दुर्इ कार्यकर्ता घार्इते

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
janakpur-jhadap.jpg.jpeg
जनकपु्रधाम :  सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गरेको विरोधमा मधेशी मोर्चाले  बुधबार आह्वान गरेको मधेश बन्दको क्रममा मोर्चा कार्यकर्ता र  नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मोर्चाका कार्यकर्ताहरु जनकपुरमा रहेको एमालेका नेता रघुविर महासेठ घरमा ढुंगा हान्न गएपछि उनीहरुबीच झडप भएको हो । झडपमा सद्भावाना पार्टीका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा राजु साह र कुलदिप साह रहेको प्रहरीले जनाएको छ 
 
जनकपुर स्थित एमाले नेता महासेठको घरमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले ढुङगामुढा गर्दा घरको झ्यालको शिशा फुटाएको थियो । महासेठको घरमा तोडफोड लगत्तै व्यापक रुपमा प्रहरी परिचालन गरी तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।
 
सोही क्रममा मोर्चाका कार्यकर्ताले  समाचार स‌ंकलनका लागि पुगेका दुई सञ्चारकर्मीमाथि  पनि कुटपिट गरेका छन् । कुटपिटमा पर्नेमा पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शितल साह र पत्रकार सुरेश यादवरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ