arrow

शिवरात्रिमा गुठीकाे २४ लाख बाबाहरुकै लागि !

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
baba_pashupati.jpeg
काठमाडौं । गुठी संस्थानले आसन्न शिवरात्रि पर्वको लागि नेपाल तथा भारतबाट समेत आएका साधुहरुको नाममा २४ लाख रुपैयाँ खर्च गर्ने भएको छ । संस्थानले दिएको जानकारी अनुसार संस्थानले महाविशरात्रिको व्यवस्थापनका लागि बिगतजस्तै यसवर्ष पनि करिब २४ लाख रुपैंया बिनियोजन गरेको हो ।
 
संस्थानले महाशिवरात्रिको लागि आवश्यक सबै तयारी पुरा गरिसकेको पनि जनाएको छ । संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगूथली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा आवश्यक सामाग्रीको व्यवस्था गरिसकिएको संस्थानले जनाएको छ ।
 
फागुन ११ गते एकादशीको दिन संस्थानको तर्फबाट बिभिन्न सामाग्रीहरु ९राडी, च्यादर, बख्खु, कमान्डलु, शंखघण्ट, पिताम्बरी, लोटा, सिदा सामानहरुलगायत० साधुसन्तहरुलाई वितरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प हुने बताईएको छ । 
 
महाशिवरात्रिको दिन बिहान गुठी संस्थानको तर्फबाट श्री पशुपतिनाथमा पन्चामृत स्नानसहित पूजा गरिनेछ । महाशिवरात्री अवधिभर साधुसन्त, महात्म, सन्यासीहरुले धुनी बाल्न ३८ हजार किलोग्राम दाउरा गुठी संस्थानले व्यवस्था गरिसकेको छ । 
 
त्यस्तै, महाशिवरात्रिका अवसरमा आएका साधुसन्त र महात्महरुका लागि २०७३ साल फागुन १५ गते दक्षिणा दिई  बिदाइ गरिने बताईएको छ । पशुपति मन्दिर परिसरभित्र नागाहरुको बिदाइ गर्दा दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने र अन्य साधुहरुलाई दक्षिणा दिएर बिदाई गरिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ