arrow

स्थानीय निर्वाचन भएका ठाउँमा विप्लवले समानान्तर सरकार गठन गर्ने

देशमा दोहोरो सत्ता !

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
biplab-maobadi.jpeg

काठमाडौं । नेत्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जहाँ–जहाँ स्थानीय निकायको निर्वान भयो त्यहाँ–त्यहाँ सँगँसँगै समानान्तर स्थानीय सरकार गठन गर्ने तयारी गरेको छ । आठौं महाधिवेशनको बन्द सत्रका लागि रोल्पाको थवाङ पुगेको चन्द माओवादीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ कायम भएको छ । स्थानीय नियकायको निर्वाचनसँगसँगै समानान्तर सत्ता सन्चालन गर्ने अवधारणा बनाएको पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले जानकारी दिए ।

उनले भने, ‘चुनाव विथोल्ने भनेरै भनिएको छैन । समानान्तर जनसत्ता संचालन गरिन्छ । त्यसक्रममा टसल भए त्यसपछिको परिणाम त्यही बेला थाहा होला ।’ चुनावमा नजाने भएपछि बहिस्कार त त्यसै भइहाल्यो । गाउँपालिका नगरपालिकाको चुनाव भएर जसरी स्थानीय तह गठन हुन्छन् । हामी पनि देशैभर त्यसरीनै समानान्तर सरकार गठन गर्छौँ, उनले भने, ‘अब दोहोरो सत्ता सन्चालन हुन्छ ।’ सरकारले यो पार्टीलाई पहाडको सुरक्षा चुनौतीका रुपमा विश्लेषण गरेको छ ।

महाधिवेशनको खास एजेण्डा
पार्टीको नाम कम्युनिष्ट पार्टी कायम ।
चुनाव देश जनताको हितमा छैन । कालोवजारी, भ्रष्टाचार मौलाएको छ, यी विरुद्ध अभियान अघि बढाउने ।
देशभरबाट आन्दोलन सुरु गर्ने ।
नेता पुनले १४ गते महाधिवेशनका निर्णय र कार्यसमिति सार्वजनिक गर्ने र २० गते पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी गराउने तयारी रहेको जानकारी दिएका छन् । पार्टीको महासचिव नेत्रविक्रम चन्द नै भएका छन् भने, ६१ पूर्ण र २० वैकल्पिक गरी ८१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । केन्द्रीय समितिले स्थायी समिति र पोलिटव्यूरो निर्माण गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ