arrow

प्रेस युनियन रुकुमले अध्यक्षको लागि शाहीलाई उम्मेद्वार बनायो

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ फागुन ११ बुधबार
FNJ-logo.jpg.jpeg

रुकुम । विहिबार हुने नेपाल पत्रकार महासंघ रुकुमको पाँचौं अधिवेशमा नेपाल प्रेस युनियन रुकुमले अध्यक्षको लागि डिलबहादुर शाहीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । प्रेस युनियनको बैठकले महासंघको नयाँ नेतृत्वको लागि शाहीलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । बैठकले सहमतीय आधारमा नयाँ नेतृत्व चयन गर्नको लागि सबै संगठनहरुसँग छफल तथा परामर्श गर्ने भएको छ ।

युनियनका संस्थापक अध्यक्ष नरेन्द्र केसीको संयोजकत्वमा तीन सदस्य वार्ता तथा सम्वाद समिति र केन्द्रीय पार्शद लक्ष्मण केसीको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन समिति  गठन गरेको प्रेस युनियन रुकुमका उपाध्यक्ष आदर्श केसीले जानकारी दिए ।

जिल्ला अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघको अधिवेशनलाई मध्यनजर गरेर आफ्ना सदस्यको लागि पाँच बुँदे आचारसंहिता पनि जारी गरेको बताइएको छ । यस्तै बैठकले महासँघको अधिवेशनलाई सभ्य र भव्य गराउनको लागि आफ्नो संगठनले सक्दो सहयोग गर्ने निर्णय पनि गरेको उपाध्यक्ष केसीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ