arrow

शिवरात्रिको लागि भन्दै हेटौंडाको सडक विस्तार ३ दिन स्ठगित

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
hetauda_sadak_bistar.jpeg
हेटौंडा । डिभिजन सडक कार्यालय हेटौँडाले जारी राखेको सडक फराकिलो पार्ने अभियान शिवरात्री तथा मेसिन मर्मतको लागि भन्दै बिहीबार, शुक्रवार र शनिवारको लागि स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम लामिछानेले सडक विस्तार पुर्ण रुपमा नरोकिएको तर शिवरात्रि र मेसीन मर्मत गर्नुपर्ने  भएकोले ३ दिनको लागि रोकिएको बताए । 
 
उनले १२ गतेको सर्वोच्चको फैसला पश्चात १५ गते देखी फरक ढंगबाट एकैपटक आधा दर्जन स्थानमा डोजर चलार्इने जानकारी दिए । उनका अनुसार  अब हेटौँडाको मेनरोड, सिमाचौक र पिपलबोट रोडमा सडक फराकिलो पार्ने अभियानको सुरुवात गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ