arrow

संविधान संशोधन विधेयकबारे विपक्षी ९ दलले निर्णय गर्दै

एमाले सकारात्मक

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
samsad-bhawan.jpeg

काठमाडौं  । सरकार र प्रमुख प्रतिपक्षी दल एमाले व्यवस्थापिका–संसदको प्रक्रिया अघि बढाउनेमा सहमत भएका छन् । यद्यपि, संविधान संशोधन विधेयक अघि बढ्न दिन नदिनेमा एमालेसहितको ९ दलीय विपक्षी गठबन्धनले निर्णय गरेपछि मात्रै यकिन हुने बताइएको छ ।

बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितको बैठकमा संसदको प्रक्रिया अघि बढाउने सहमति जुटेको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

शर्माले भने, ‘संविधान संशोधन विधेयकलगायत संसदको सबै विजनेश अभि बढाउने सन्दर्भमा सहमति जुटेको पक्का हो । संशोधन विधेयक पास वा फेल हुने कुरा हाउसले गर्ने भन्नेमा शीर्ष नेता एक मत भएका छन् ।’ उता, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदको प्रक्रिया अघि बढ्न दिनेमा आफुहरु सकारात्मक रहेपनि अन्तिम निर्णय नौ दलको वैठकले गर्ने बताएका छन् । संसद्को बैठक विहिबार संचालन हुने संसदको विजनेश अघि बढ्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ