arrow

डोजरले विद्यार्थीलाई ठक्कर दिएपछि विराटनगरमा तनाव

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
Biratnagar-Tanab-news.jpeg

बिराटनगर । महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडी डोजरले विद्यार्थीलाई ठक्कर दिई घाइते बनाएपछि विद्यार्थीले पदर्शन गर्दै बजार बन्द गराएका छन् । प्रदर्शनमा उत्रिएका बिद्यार्थी र प्रहरीबीच क्याम्पस अगाडि झडप भएको छ । विद्यार्थीले बजार बन्द गराउने र प्रहरीले खुलाउँदै हिडिरहेको बताइँदैछ । तनाव कक गर्न विद्यार्थीसँग वार्ता भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगरमा पछिल्लो समय धमाधम बाटो विस्तार भइरहेको छ । क्याम्पस अगाडिको सडक विस्तारका क्रममा डोजरले बीबीएस दोस्रो वर्षमा अध्ययनरत उमेश कुमार यादवलाई ठक्कर दिएको हो । घाईते यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोशित विधार्थीले डोजर तोडफोड गर्नथालेपछि प्रहरीसँग झडप भएको र अहिले स्थि िसाम्य भएको बताइएको छ । बिरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले दुईवटा डोजरमा आगो लगाएपनि प्रहरीले तत्कालै निभाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ