arrow

राष्ट्रपति कपको उपाधी बाणगंगा माबिलाई

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
rastrapati-cupps.jpeg
खग प्रसाद चापागाई, कपिलवस्तु । तौलिहवामा सम्पन्न नबौ राष्ट्रपति कप रनिङ्ग शिल्डको उपाधी बाणगंगा माध्यमिक बिधालयले हासिल गरेको छ । जिल्ला खेलकुद बिकास समिती कपिलवस्तुको आयोजनामा सम्पन्न खेलमा बाणगंगाले २ सय ४८ अंक लिई लगातार दोस्रो पटक उपाधी कब्जा गरेको हो । त्यसै गरि प्रतियोगितामा कनकमुनी माबि निग्लहवा जगदिशपुर १ सय ६३ अंक सहित दोस्रो र ईमलिया माबि ९१ अंक सहित तेस्रो र ७६ अंक सहित जनता माबि चौथो हुन सफल भएको हो । 
 
प्रतियोगितामा कार्यक्रमका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपाने, प्रजिअ बिष्णु प्रसाद ढकाल र जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष छबीलाल रेश्मी मगरले बिजेतालाई रनिङ्ग शिल्ड सहित नगद पुरस्कार बितरण गरिएको थियो । प्रतियोगितामा प्रथम टोलीलाई १५ हजार नगद, दोस्रो टोलीलाई १२ हजार नगद र तेस्रो टोलीलाई नगद ९ हजार समेत प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चार क्षेत्रबाट खेलकुदका समाचार संप्रेषण गरेका सञ्चारकर्मी किरणमान बज्राचार्य र उत्कृष्ट खेल शिक्षकका रुपमा बाणगंगाका खेल शिक्षक कुमार थापालाई नगद सहित सम्मान गरिएको थियो । 
 
प्रतियोगितामा तिन स्वर्ण जितेका जनता माबिका बिधार्थी रबि थारुलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको थियो । जिल्लाभरका ३२ बिधालय सहभागी खेलमा भलीबल, कपर्ती, उसु र एथलेटिक्सका १३ बिधामा प्रतिश्पर्धा गराईएको थियो । कार्यक्रममा खेलमा जितेका खेलाडी, प्रशिक्षकहरु र सहयोगीहरुलाई प्रमाणपत्र र मेडल दिईएको थियो । सो अवसरमा बोल्दै प्रजिअ ढकालले खेलकुदले राष्ट्रको मेरुदण्ड भएकाले खेल क्षेत्रको लगानी राष्ट्र बिकासका लागी सहयोगी सिद्ध हुने बताए । 
 
त्यसै गरि जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष छबीलाल रेश्मी मगरले पछिल्लो समय जिल्लाको खेल क्षेत्रको बिकास भएको बताउदै हालै सम्पन्न क्षेत्रियस्तरको प्रतियोगितामा जिल्ला तेस्रो स्थान हासिल गर्न सफल भएको बताए । श्रोत साधनको अभावमा पनि आफुहरु जिल्लाको खेल क्षेत्रको बिकासका लागी तत्पर रहेको रेश्मीले बताए । स्थानिय बिकास अधिकारी न्यौपानेको अध्यक्षता, समिती अध्यक्ष छबीलाल रेश्मी मगरको स्वागत र कार्यालय प्रमुख मिन पोख्रेलको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा प्रजिअ बिष्णु प्रसाद ढकाल, मानब अधिकारकर्मी रामदयाल ठाकुर लगायतले मन्तब्य दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ