arrow

विश्वकै सबैभन्दा मोटी महिलालाई सलमानले भेट्ने

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
SALMAN-1_6fuvHOk.jpeg
एजेन्सी । बलिउडका  दबंग सलमान खानले विश्वकै सबैभन्दा मोटी महिलालाई भेट्ने भएका छन् । इजिप्टबाट शल्यक्रिया गर्न मुम्बई आएकी  इमान अहमद अब्दुलतीलाई सलमान खानले भेट्ने भएका हुन् ।
 
उनि सलमानको फ्यान रहेको बताइएको छ । ५०० किलोग्राम वजन रहेकी ३७ बर्षीय अब्दुलतीलाई ११ फेब्रुरीमा बेरिएट्रिक सर्जरीको लागि भारत ल्याइएको हो ।  अब्दुलतीले सलमानसँग भेट्ने इच्छा रहेको अस्पताल प्रशासनसँग अनुरोध गरेकी थिइन् । अस्पताल प्रशासनको आग्रहमा नै सलमान अब्दुलतीलाई चाडै भेट्न जादैछन् । 
 
सलमान खानका भाई अरबाज खानले भने सलामानको विश्व भरि कयौ प्रशंसक रहेका छन् । उनले सबैसँग भेट्न मुस्किलको कुरा हो । तर अब्दुलतीको बारेमा सलमानको टीम दुवैलाई भेट्ने समय र मिति तय गर्न गइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ