arrow

रिलिज हुदै 'रंगून', सुभाष चन्द्र बोसको परिवारले चलचित्र हेर्ने

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
Rangoon-Full-Hindi-2017-500x500.jpeg
एजेन्सी । भारतीय स्वतन्त्रता संग्रामका नेता सुभाष चन्द्र बोसको परिवारले चलचित्र 'रंगून' हेर्ने भएको छ । बोसको परिवारका लागि कोलकातामा चलचित्र रंगूनको स्पेशल स्क्रीनिंग राखिने भएको छ । चलचित्रका निर्माता  सुभाष चन्द्र बोसका परिवारलाई  'रंगून' देखाउने तयारी गरिरहेका छन् । 
 
विशाल भारद्वाज द्वारा निर्देशित चलचित्रको कथा दोस्रो विश्व युद्धमा आधारित रहेको छ । कंगना रनौत चलचित्रमा ४० दशकको हिरोइनको भुमिकामा रहेकी छन् । चलचित्रमा उनको नाम मिस जूलिया रहेको छ । चलचित्रमा दुई पुरूषले उनलाई प्रेम गर्छन् । चलचित्रमा सैफ अली खान कंगनाका प्रोड्यूसर हुन् जसको नाम रुसी बिल्लीमोरिया रहेको छ ।
 
सैफ पहिलो पटक पारसी व्यवपारीको भुमिकामा देखिएका छन् । शाहिद कपूर चलचित्रमा आर्मी अफिसरको भुमिकामा रहेका छन् । जसको नाम नवाब मलिक रहेको छ । सुभाष चंद्र बोसको  बर्मासँग राम्रो सम्बन्ध रहेको थियो । उनको स्वतन्त्र  हिन्द फौजको हेडक्वाटर रंगूनमा थियो । 
 
बोसले बर्मामा सन् १९९४ मा उनले र्‍यालीको क्रममा 'तिमि मलाई रगत देउ म तिमिलाई स्वतन्त्रा दिन्छु' भन्ने नारा लगाएका थिए ।  स्वतन्त्रता संग्रामका नेताको इंडियन नेशनल आर्मीले  इम्फाल र कोहिमामा दोस्रो विश्व युद्ध अंग्रेज बिरुद्ध लडेको थियो । चलचित्र रंगूनमा बर्माको नाम लिए पनि चलचित्रको सुटिङ भने अरुणाचल प्रदेशमा गरिएको छ । चलचित्रको सुटिङको लागि चलचित्र टोलिले निकै झमेला झेल्नु परेको थियो ।
 
रंगून अन्य चलचित्र भन्दा  फरक रहेको छ । विशाल भारद्वाजसँग कंगनाले पहिलो पटक काम गरेकी छन् ।  सैफसँग उनको दोस्रो चलचित्र हो भने शाहिदसँग तेस्रो । सैफले विशालसँग 'ओमकारा' मा पहिलो पटक काम गरेका थिए । त्यस्तै शाहिए चलचित्र 'कमीने' र  'हैदर' मा काम गरि सकेका छन् । चलचित्रको प्रमोशनमा तीनै कलाकार अहिले जुटेका छन् । चलचित्र फेब्रुरी २३ शुक्रबार रिलिज हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ