arrow

संविधान संशोधन विधेयकमाथि छलफल चल्यो

पारित हुनेमा मोर्चा नेताहरु ढुक्क, विपक्षीहरु पारित हुन नदिने दाउमा

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
samsad-bhawan.jpeg

काठमाडौं । व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु भएको छ । एमालेसहितका विपक्षी दल संविधान संशोधन विधेयकमाथिको छलफल अघि बढाउन सहमत भएपछि विहिबार विधेयक पेश भएको हो । संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दल र जनजाति दलका माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको विधेयक लामो समयसम्म संसदमा विचाराधिन थियो । विपक्षीको अवरोधका कारण विधेयक छलफलका लागि टेबुल हुन सकेको थिएन ।

विहिबार छलफल सुरु भएसँगै संविधान संशोधन विधेयकको संसदीय प्रक्रिया सुरु भएको छ । संसद बैठककोबीचबाटै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संशोधन प्रस्तावमाथि छलफल प्रारम्भ भएको बताए । संविधान संशोधन विधेयक पास हुनेमा आफुहरु ढुक्क रहेको बताउँदै यादवले भने, ‘विधेयक पास हुन्छ । यो राष्ट्रिय समस्या हो ।’ यद्यपि, विपक्षी ९ दलले छलफल गर्न दिएपनि पारित गर्न नदिने निर्णय गरेका छन् ।

मधेसी मोर्चाले आफुले संशोधन नहाल्ने र सरकारले नै परिमार्जनसहितको संशोधन हाल्ने र त्यो पारित हुने अध्यक्ष यादवले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलपछि विपक्षीहरु बैठकको अवरोध खुला गर्न तयार भएका हुन् ।  संविधान संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरुले मत राख्नेक्रम सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ