arrow

बाख्रा पालेर आत्मनिर्भर बन्ने तालिम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १२ बिहिबार
aatmanirvar.jpeg
स्याङ्जा । पछिल्लो समय महिला विकास तथा वालवालिका कार्यालय स्याङ्जाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई आत्मनिर्भरबनाउन बाख्रापालन तालिम दिदै आएको छ । कुनै तालिम नलिइकन बाख्रा पाल्दै आएका महिलाहरुले विशेष किसिमको तालिम पाएपछि बाख्रा पालनमा सहजता हुने बताएका छन् । २० देखि २५ जना सम्मको समुहगत रुपमा महिला विकास कार्यालयले बाख्रा सम्वन्धी तालिम दिदै आएको छ । बाख्रा पाल्ने, हुर्काउने, खोरको अवस्था र सामान्य खालको रोगको निदान जस्ता विषयमा तालिम दिएर महिलाहरुलाई आत्मनिर्भर बनाउने काम गरेको तालिमका संयोजक मन्जु सुवेदीले बताईन् । 
 
कार्यालयले सिप विकास तालिम सम्वन्धी योजना बनाएर हरेक गाविसका महिलाहरुलाई तालिम दिदै आएको सुवेदीको भनाई छ । पकवादी गाविस ६ की नेत्रकुमारी सारु यो तालिमले आफुलाई बाख्रा पालनमा सघाउ पुग्ने विश्वास व्यक्त गरीन् । अहिले सम्म हामीले आफ्नै तरिकाले बाख्रा पाल्दै आएका थियौ सारुले भनिन्,“हामीले अहिले सम्म दुःख मात्रै गरेका रहेछौं अव यो तालिमले हामीलाई धेरै सिकाएको छ ।” तालिम पश्चात घर फर्केपछि तालिमको उपयोग गर्दै बाख्रा पालनमा हाम्रो जागर बढ्ने छ उनले भनिन् । तालिममा सहभागि सारु मात्रै होइन अर्की इन्दु शाहीले पनि तालिमबाट धेरै उपलव्धी हासील गरेको बताईन् । सामान्य रोगका लागि औषधी खोज्न हामी भौतारिन पथ्यो शाहीले भनिन् यो तालिमपछि हामी भौतारिन नपर्ने अवस्था सिक्न पायौं । 
 
कार्यालयले बाख्रा पालनका लागि पकेट गाविस निर्धारण गरेर महिलाहरुलाई तालिमको व्यवस्था गरेको निमित्त महिला विकास अधिकृत ठगीकुमारी खनालले बताईन । कार्यालयले बाख्रा पाल्ने महिलालाई मात्रै तालिमको व्यवस्था गरेका छैनौ खनालले भनिन्,“महिलाहरुको आवश्यकता बुझेर सोही अनुसारको तालिमको व्यवस्था गरेका छौं ।” अहिले सम्म कार्यालयले सिलाई कटाई, तरकारी खेती, मुढा बुन्ने लगायतका तालिम दिएर महिलाईलाई आत्मनिर्भर बनाउने काम गरेका छौं उनले भनिन् । महिलाहरुलाई तालिमको लागि विषयगत कार्यालय बाट प्रशिक्षक खटाएर तालिम उपलव्ध गराउदै आएको कार्यालयले जनाएको छ । बाख्रा पालन तालिमका लागि कार्यालयले पशु सेवा कार्यालयका प्राविधिक मार्फत तालिम दिदै आएको जनाएको छ । कार्यालयले पछिल्लो पटकको तालिम पकवादी गाविस ६ का महिलाहरुलाई ७ दिने तालिम उपलव्ध गराएको छ । सो तालिममा २० जना महिलाको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ