arrow

संसद्मा सत्ता पक्ष र विपक्षीहरुलाई छुट्टाछुट्टै घडी !

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
samsad-baithak.jpeg
काठमाडौं । व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीको आसनको छेउछेउमा रहेको घडीमा फरक फरक समय रहेको भन्दै सांसद्ले नै ध्यानाकर्षण जनाएपछि व्यवस्थापिका संसद्को आजको बैठकमा एकैछिन हाँसोको फोहोरा उठेको छ । नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले संविधान संशोधन सम्बन्धि छलफल चलिरहेको बेलामा बीचैमा यस सम्बन्धि ध्यानाकर्षण जनाएपछि संसद्मा हाँसोको फोहोरा उठेको हो । 
 
सांसद् खतिवडाले एउटा घडीमा साढे चार बजेको र अर्काे घडीमा साढे ५ बजेको भन्दै यो फरकफरक घडी सत्ता पक्ष र विपक्षीहरुको लागि हो ? भनेर सभामुखसँग प्रश्न गरेका थिए । जवाफमा सभामुख ओनसरी घर्तीले ध्यानाकर्षण भएको जनाएकी थिईन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ