arrow

निर्वाचनको स्वागत गर्दै गच्छदारले भने सफल पार्न लाग्छु

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन १२ बिहिबार
gachhadar-new-conve....jpg.jpeg

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निकायको निर्वाचनको घोषणा स्वागत योग्य भएको भन्दै निर्वाचनलाई सफल बनाउन सवैपक्षलाई सहमतिमा ल्याउनु पर्ने बताए । गच्छदार आफु निर्वाचनको वातावरण बनाउन लाग्ने पनि बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसगँ कुरा गर्दै अध्यक्ष गच्छदारले परिमार्जन सहितको संविधान संशोधन प्रक्रियालाई टुंग्याएर निर्वाचनमा जादा असतुष्टपक्षहरु समेत निर्वाचनमा सहभागि हुने बताए । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले निर्वाचनलाई सफल बनाउन पनि सवैपक्षको सहभागिता जरुरी रहेको गञ्छदारले बताए ।

उनले विगतमा तत्कालीन राजाले समेत निर्वाचन गरेपनि त्यो निर्वाचन जनताको सहभागिता नभएको प्रसंग उल्लेख गर्दै निर्वाचनमा सबैको सहभागिता जरुरी रहेको बताए । अध्यक्ष गच्छदारले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेकाले अब निर्वाचन रोक्न नहुने बताए । उनले राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनप्रति आफुहरु असतुष्ट रहेकाले प्रतिवेदन परिमार्जित गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ