arrow

भारतीय क्रिकेट अधोगतिमा, एक दिवसीयमा दक्षिण अफ्रिकालाई अग्रता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
430619099.jpeg

एजेन्सी । भारतबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका पाँच रनले विजयी भएको छ । एबी डे भिलियर्सको सतकिय मद्दतले विजयी हासिल गरेसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।

भारतको कानपुरमा आइतबार भएको खेलमा ३ सय ४ रनको चुनौती पछ्याएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९८ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले एक सय ५० रनको शानदार व्याटिङ गर्दै भारतलाई जित नजिक ल्याए । यद्यपि, अन्य ब्याट्सम्यान चल्न नसकेपछि भारत जित नजिक पुगेर पनि पराजित भयो । अजिन्क्या रहानेले ६० तथा कप्तान महेन्द्रसिंह धोनीले ३१ रन बनाए ।  

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३ सय ३ रनको योगफल तयार गरेको थियो । दक्षिण अफ्रिकाका लागि एबी डेभिलियर्सले ७३ बल खर्चिदै अविजित एक सय ४ रन वर्षाए । तेस्रो विकेटका लागि फाफ डु प्लेसिसले ६२ रनको योगदान गरे । यी दुइबीचको दोस्रो एकदिवसीय क्रिकेट बुधबार हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ