arrow

संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

नेमकिपाका सांसदले छलफलभर गरे नाराबाजी, एमाले मौन बस्यो

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
nemwang-news-aa.jpeg

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसदहरुको नाराबाजीबीच नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । विधेयकमाथिको छलफल सकिएपछि सभामुख ओनसरी घर्तीमगरेले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन् ।

संसदमा कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरे लगत्तै नेमकिपाका सांसले राष्ट्रघाती संशोधन फिर्ता गर भन्दै नाराबाजी गरिरहे । विधेयकमाथिको छलफल सकिदा र प्रस्ताव बहुमतले पारित भएपछि सम्म पनि उनीहरुले नारावाजी गरिरहे । नेमकिपा सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुसाधा थापामगरले नाराबाजी गरिरहे ।

नेमकिपाका सांसदले नारावाजी गरे पनि बाँकी विपक्षीहरु भने मौन रहे ।  संशोधनको विरोध गर्दै आएको एमालेले  एक दिनका लागि संशोधनमाथि छलफल गर्न दिएको बताएको छ । एमाले संसदीय दलका उपनेता समेत रहेका पूर्व सभामुख सुवास नेम्बाङले आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने बताए । एमालेका सांसदले छलफलमा भाग लिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ