arrow

वैद्य माओवादी चुनावको उपयोगबारे विमर्श गर्दै, के गर्ला निर्णय ?

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
CP-gajerel-new.jpeg

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावको उपयोग कसरी गर्ने भन्नेमा विमर्श गरिरहेको छ । क्रान्तिकारी माओवादी उपाध्यक्ष सीपी गजुरेलले हाम्राकुरासँग भने, ‘स्थानीय निर्वाचन जनभावना र स्थानीय विकाससँग सम्बन्धित रहेकाले यसको उपयोग गर्ने कि के गर्ने भन्नेबारे विमर्श भइरहेको छ ।’

निर्वाचनको उपयोग गर्ने वा नगर्ने ? गर्ने भए कसरी गर्ने भन्ने सन्दर्भमा एक साताभित्र निर्णय आउने उपाध्यक्ष गजुरेलले बताएका छन् । चुनावको उपयोग गर्ने भन्नु भो, तपाईहरुको पार्टी दर्ता भयो र ? जवाफमा उनले भने, ‘पार्टी दर्ता भएको छैन । मताधिकार त हामीसँग छ नि हाम्रा कार्यकर्ताहरुसँग मताधिकार छ । निर्वाचनमा भाग लिनु मात्रै उपयोग होइन । उपयोगको प्रयोजन अरु पनि छन् ।’

यस्तै, गजुरेलले चुनावमा सहयोग वा असयोग के गर्ने भन्ने विषयमा केही दिनपछि निर्णय आउने बताएका छन् । उनले भने, ‘अब माहोल के बन्छ भनेर हामी पर्खिरहेका छौँ । माहोल के बन्दै जान्छ अनि सोही अनुसार हामी निर्णय गर्छौँ ।’ वर्तमान संविधान जनविरोधी र पश्चगामी रहेको बताएका गजुरेलले निर्वाचनको उपयोग गर्ने कि भन्ने विषयमा आफुहरु सोचिरहेको बताए ।

निर्वाचन हुनेमा आफुहरु अझै विश्वस्त नभएको बताउँदै गजुरेलले मधेस आन्दोलन चलिरहेको, जनजातिहरु पनि आन्दोलित भइरहेको तथा वामपन्थी भन्नेहरु समेत आफै सन्तुष्ट छैनन्, –कसरी होलार निर्वाचन भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ