arrow

ओलीले भने–संविधान संशोधन हुदै हुदैन

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
oli-new-pic.jpg.jpeg

सिन्धुली  । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताएका छन् । नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आयोजना गरेको ३६औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाए ।

संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उहाँले दोहोर्‍याए । स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको ओलीको भनाइ छ ।

सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने दुईसयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे । यसैबीच, अध्यक्ष केपी ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै ओलीले भने, ‘हेटौडा चतार राजमार्गको सुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।’ रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ