arrow

ओलीको गृहजिल्ला झापा पुगेर देउवाले के भने ?

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
deuba-ganeshmanko-batoma.jpeg

भद्रपुर, झापा । काँँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला पुगेर नेपालकाे सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताएका छन् । झापा उद्योग वाणिज्य सङ्घङ्ले गरेको ‘पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३’ को  उद्घाटन गर्दै देउवाले मधेसी जनताको भावनालाई सम्मान गर्न नै संविधान संशोधनको प्रस्ताव आएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन गरेर मधेसी जनताले राखेको माग पूरा गर्ने विचार राखे

सभापति देउवाले संविधान संशोधनमा नेकपा ९एमाले०को साथ र सहयोगको आवश्यकता औँल्याउँदै निकै कठिन परिस्थितिमा आएको संविधानलाई कार्यान्वयन गर्न निर्वाचन आवश्यक छ–भने । आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गरिसक्नुपर्ने भन्दै सभापति देउवाले देशको विकासमा निर्वाचित जनप्रतिनिधिको भूमिका अग्रणी रहनेमा जोड दिए ।

देउवाले उद्योगी व्यापारीले गुणस्तर एवम् अर्गानिक उत्पादनमा विशेष ध्यान दिनुपर्ने भन्दै विकास र सेवा प्रवाहमा सङ्घीयताले निकै ठूलो योगदान दिने चर्चा गरे । उद्योगी व्यापारीले बैँकको चर्को व्याजको विषयमा आफू गम्भीर भएको र यसको लागि सहुलियत बैंकको व्याजका लागि आवश्यक सल्लाह गर्ने भन्दै सभापति देउवाले हिमालको उत्पादन तराईलाई र तराईको उत्पादन हिमाललाई भयो भने यसले तराई मधेस र हिमाललाई जोड्ने बताए ।

सामान्य प्रशासनमन्त्री केशवकुमार वुढाथोकीले उद्योगी र व्यापारीले उठाएको चर्को बैंकको व्याजप्रति सरकार गम्भीर छ भन्दै उद्योगको दृष्टिकोणले १ नम्बर प्रदेश निकै समृद्ध हुने सम्भावना रहेको चर्चा गरे । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तराईको सन्तुलित विकास गर्न हुलाकी राजमार्ग बन्नुपर्ने धारणा राखे । महोत्सवमा ११० वटा व्यापारिक कक्ष रहेको र दैनिक रु एक करोडभन्दा बढीको कारोबार हुने बताइएको छ । महोत्सव फागुन २१ गतेसम्म चल्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ