arrow

मतपत्र छाप्न बढीमा ३० दिन लाग्ने, मतपत्र फिर्ता ल्याउन पनि चुनौती

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ फागुन १२ बिहिबार
Narendra_Dahal_Election.jpeg
काठमाडौं । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनको लाथि आवश्यक पर्ने मतपत्र छाप्नको लागि बढीमा ३० दिन लाग्ने जनाएको छ । आयोगले अहिलेको अवस्थामा ३० दिन लाग्ने भएपनि अझ केही मेसिन थप्ने हो भने यो भन्दा थोरै समयमा मतपत्र छाप्न सकिने जनाएको हो । 
 
आयोगका आयुक्त नरेन्द्र दाहालले स्थानीय निकायको निर्वाचनको लागि आवश्यक मतपत्र अहिलेकै अवस्थामा पनि ३० दिनमा छाप्न सकिने बताएका हुन् । हाम्राकुरा डटकमसँगको कुराकानीमा आयुक्त दाहालले सुरक्षा प्रवन्धको कारणले पनि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा नै मतपत्र छाप्ने तयारी गरिरहेको जानकारी दिए । मतपत्र, मतपेटिका लगायत व्यवस्थापनको जिम्मेवारी समेत पाएका आयुक्त दाहालले बाहिरी तत्व(राजनीतिक विषय)ले प्रभाव नपारेको खण्डमा तोकिएको समयमा निर्वाचन आयोगले आन्तरिक व्यवस्था जसरी पनि मिलाएर निर्वाचन गराउन सक्षम रहेको जनाए । 
 
हामीले अहिलेको स्थितीलाई चुनौती भन्दापनि अवसरको रुपमा लिएर अघि बढेका छौं । उनले भने चुनौतीहरु त मतपत्र पठाएदेखि मतपत्र फिर्ता नआउन्ज्यालसम्म हरेक पाईलामा रहन्छ । आम निर्वाचन र स्थानीय निकायको निर्वाचनमा के फरक छ ? भन्ने प्रश्नमा आयुक्त दाहालले दुबैमा कुनै धेरै भिन्नता नरहेको भएपनि धेरै उम्मेदवारहरु हुने भएकोले मतपत्र छपाईमा चाहिँ अलिक बढी स्थानीय निकायको निर्वाचनमा चुनौती थपिने बताए । 
 
सरकारले तोकेको मितिमा निर्वाचन गर्नको लागि आयोगमाथि देखिएका चुनौतीहरु के के हुन् त भन्ने प्रश्नमा आयुक्त दाहालले आयोगको आन्तरिक चुनौतीको रुपमा आयोगले मतपत्र छपाईलाई राखेको जानकारी दिए । उनले समय अति नै थोरै रहेकोले पनि बढी चुनौती थपिएको बताए । यस बाहेक पनि निर्वाचन सामग्रीको व्यवस्थापन, मतपत्र छपाईको व्यवस्थापन र ढुवानी गरी सम्बन्धित ठाउँमा पुर्याउनु पनि अहिलेको चुनौतीको रुपमा रहेको उनको बुझाई रहेको थियो । भाेटहालिसकेपछिकाे मतपत्र ढुवानीमा समेत चुनाैती रहेकाे उनकाे बुझार्इ छ । 
 
उनले एकै पटक निर्वाचन गर्दा मतपेटिका अलिकति कम भएकोले मतपेटिकाको व्यवस्थापन पनि एक चुनौतीपूर्ण काम रहेको बताए । तर यसबाट पछि हट्ने होईन कि सफलताका साथ सम्पन्न गर्नको लागि पनि आयोग सक्रियताका साथ काममा लागेको उनले बताए ।राजनीतिक दलदर्ता सम्बन्धि ऐन लगायतका केही बाहिरी समस्याहरु पनि रहेको भन्दै सो चुनौतीहरु सरकारले नै समाधान गराउनेमा आयोग ढुक्क रहेको उनले जानकारी दिए । उनले आयोगले बनाएको कार्ययोजना अनुसार स्थानीय निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको र एकैदिनमा निर्वाचन गर्ने तयारीमा आयोग रहेको पनि उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ