arrow

प्रचण्डले कुरा खोले, संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सहमति भयो

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
CM-prachnd-news-a.jpeg

रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन विधेयक अब अगाडि बढ्ने बताएका छन् । रुकुमको मुसिकोटमा प्रथम मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभाबाट घोषणा भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको काँधमा रहेकाले संशोधन विधेयक अगाडि बढाउन एमालेलगायतका दलहरु सहमति भएको स्पष्ट पारे ।

दाहालले संविधान संशोधनका लागि सत्ता पक्ष र प्रतिपक्षसँग आज सहमति भएकाले अब संशोधन विधेयक अगाडि बढ्ने बताए । प्रधानमन्त्री दाहालले सरकारको अहिलेको मुख्य जिम्मेवारी भनेको सबै राजनीतिक दलबीच सहमति गराएर देशमा राष्ट्रिय एकता कायम गरी समयमा नै तीन तहको निर्वाचन गराउने रहेको उल्लेख गरे ।

संविधानले तोकेको समय सिमाभित्र तीन तहको निर्वाचन गराउन नसके देश गम्भीर दुर्घटनामा फस्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । दाहालले भने,  “सरकार अहिले तराई मधेसदेखि पहाड हिमाल हुँदै पूर्वदेखि पश्चिमसम्मलाई एकताबद्ध गराएर देशलाई निर्वाचनतिर लैजाने क्रममा छ ।” सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरीसकेकाले सबै पक्षलाई निवार्चनमा केन्द्रीत हुन प्रधानमन्त्री दाहालले अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ