arrow

निर्वाचन कुनै पनि वहानामा रोकिँदैन : झलनाथ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ फागुन १२ बिहिबार
jhalnath.JPG.jpeg

विराटनगर । एमाले वरिष्ठ नेता झलनाथ खनालले मुलुक निर्वाचनमा गइसकेकाले अव कुनै पनि वहानामा नरोकिने बताएका छन् । विराटनगरमा संचारकर्मीसँग नेता खनालले मधेस र मधेसी जनतालेसमेत निर्वाचन चाहेकाले निर्धारित मितिमा निर्वाचन हुने बताए ।

अहिलेको रुपान्तरित व्यवस्थापिका संसदलाई संविधान संसोधन गर्ने कुनै अधिकार नभएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले संविधान संशोधन भन्दा पनि निर्वाचनमा सहभागि भएर मधेस र मधेसी जनताका अधिकारलाई शुनिश्चित गर्न मधेश केन्द्रित दललाई आग्रह गरे ।

चुनाव अहिलेको आवश्यता भएकाले अहिलेको अवस्थामा संविधान संसोधनलाई थाती राखेर चुनावमा सवै पक्ष केन्द्रित हुनुपर्नेमा जोड दिए । नेता खनालले व्यवस्थापिका सांसदलाई संविधान संशोधन गर्ने अधिकार संविधानमा व्यवस्था नभएकाले संविधान संशोधन हुन नसक्ने प्रष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ