arrow

पूर्वराजा ज्ञानेन्द्रले शिवरात्री वीरगंजमा मनाउने

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
gyanu-bhai-news.jpeg
वीरगंज । पूर्व राजा ज्ञानेन्द्र  शाह महाशिवरात्रीको दिन विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार जाने भएका छन् । पूर्वरानी कोमल शाहका साथमा दिउँसो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहाँबाट वीरगंजको माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने कार्यक्रम रहेको पूर्वराजाका मूख्य सचिव सागर तिमल्सिनाले जनाए ।
 
कोमल शाहको जन्मोत्सव मनाउन गत हप्ता सिमरा पुगेका पूर्वराजा शाहले महाशिवरात्रीको अवसर पारेर शुक्रवार वीरगंज जान लागेका हुन् । पूर्वराजाको भ्रमणलाई भव्य एवं सभ्य बनाउन नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, राष्ट्रिय सरोकार मञ्च नेपाल, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रवादी शान्ति समुह, विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय, शिव सेना नेपाल, देशभक्त राजभक्त समुह लगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका पदाधिकारीहरू खटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ