arrow

कराते टोली मलेसिया जाँदै

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
karate-toli-news-aa.jpeg

काठमाडौं । आठौं साइलेन्ट नाइट कराते कपमा सहभागी हुन ७ नेपाली सोतोकान कराते खेलाडीसहित ९ सदस्यीय टोली शुक्रबार मलेसियाको क्वालालम्पुर जाँदै छ । महिलाको ५७ केजी र एकल कातामा कृषा शेर्पाले प्रतिस्पर्धा गर्ने छिन् । पुरुषको ५५ केजी र एकल कातामा निर्मल पुन, ५० केजीमा सुशान्त मोदक, ६० केजीमा विनोद रोका, ६५ केजीमा रकम पुन, ७० केजीमा हुर्मत पुन र ४५ केजीमा निदान बुढाले नेपालबाट स्प्रर्धा गर्ने छन् ।

टोली नेतामा नेपाल सोतोकान कराते संघ (जेएसकेए) का महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पा रहेका छन् । शेर्पासहित जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्काले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

विभिन्न २२ राष्ट्र सहभागी हुने बताइएको प्रतियोगिता फागुन १४ र १५ गते हुनेछ । टोलीलाई सोतोकान कराते संघका वरिष्ठ उपाध्यक्ष एवं राप्रपका नवनिर्वाचत केन्द्रीय सदस्य लालकाजी लामा र नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) का प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले एक कार्यक्रमबीच बिहीबार बिदाइ गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ