arrow

धन्य हाम्री सांसद, संसदमै निजी स्कुलको क्यालेन्डर बनाउँदै

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Gita-Rana.jpeg
काठमाडौं । १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो।
 
सत्तापक्ष र विपक्षका सांसद चर्काचर्की बहसमा थिए। तर, त्यो बहसप्रति ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालकसमेत रहेकी सांसद गीता राणालाई कुनै चासो थिएन ।
 
एक घन्टा बैठक बसुन्जेल उनले एकपटक पनि टाउको उठाएर रोस्ट्रमतिर हेरिनन् । संविधानमाथिको संशोधन के हुन्छ भनेर उनले चासै दिइनन्। 
 
आफ्नो स्कुलको आगामी शैक्षिक सत्रको कार्यक्रम भने संसद् बैठकमै टुंगो लगाएर हिँडिन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ