arrow

लेस्टर सिटीका म्यानेजर क्लाउडिओ हटाइए

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
claudio-ranieri.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीका म्यानेजर क्लाउडिओ रानिएरी हटाइएका छन् । प्रिमियर लिग उपाधि दिलाएको नौ महिनामै उनलाई हटाइएको क्लवले जनाएको छ । 
 
गत सिजनमा सनसनीपूर्ण प्रदर्शन गर्दै लेस्टरमा करियरकै पहिलो उपाधि दिलाए पनि अहिले लिगमा निकै कमजोर देखिएको लेस्टर रेलिगेशनबाट बच्न संघर्षरत छ ।
 
लेस्टर अहिले २५ खेलबाट २१ अंकका साथ १७ औं स्थानमा छ । अझै १३ खेल खेल्न बाँकी भए पनि रेलिगेशन क्षेत्रभन्दा केवल एक अंकलेमात्र सुरक्षित रहेको लेस्टर जुनसुकै बेला रेलिगेशन क्षेत्रमा पुग्न सक्छ । 
 
६५ वर्षीय क्लाउडिओलाई च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनको खेलमा स्पेनिश क्लव सेभियासंग २–१ ले पराजित भएसंगै हटाइएको हो । 
 
यदि यही गतिमा लेस्टरले खेल्ने हो भने सन् १९३८ पछि डिफेन्डिङ च्याम्पियन रेलिगेशनमा पर्ने पहिलो टिम बन्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ