arrow

पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो, दर्शनका लागि साढे ३ बजे नै खुला

बिहान २० मिनेटमै दर्शन गरिसकिने

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
pashupatinath-temple.jpg.jpeg
काठमाडौँ । महाशिवरात्रिका दिन बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए । दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिएका छन् । 
 
उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 
 
“बिहानी समयमा २० देखि २५ मिनेटमा दर्शन गरी फर्कन सकिनेछ”, उनले भने । 
 
पशुपतिको पूर्व ढोका भने ७ः३० बजेपछि खुलेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । 
 
यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । गत वर्ष सशुल्क दर्शनका माध्यमबाट कोषले रु ३५ लाख सङ्कलन गरेको थियो । 
 
महाशिवरात्रिका अवसरमा बिहानैदेखि देशभरका शिवालयमा पूजा एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ