arrow

आइएसको कब्जाबाट इराकको मोसुल विमानस्थल सरकारी सेनाको नियन्त्रणमा

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
mosul-airtpor.jpeg
मोसुल। लामो समयदेखि अतिवादी समूह इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुल विमानस्थल सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । चार घण्टाको निरन्तर आक्रमणपछि इराकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो ।
 
सेनाले आक्रमण गरेपछि विमानस्थलमा ठूलो भिडन्त भएको थियो । त्यस क्रममा आइएसका लडाकुहरुले भित्रि इलाकाबाट विमानस्थलतर्फ मोर्टार आक्रमण गरेका थिए ।
 
विमानस्थल नियन्त्रणमा लिएसँगै दोस्रो ठूलो शहर मोसुलबाट आइएसलाई भगाउन सेनालाई सहज हुने अनुमान गरिएको छ ।
 
मोसुलमा आठ लाख मानिस फसेको शंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ